राष्ट्रपति पौडेलले जारी गरे भूमि सम्बन्धी अध्यादेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन् ।
सरकारले पुस २६ गते विभिन्न ५ वटा अध्यादेश ल्याएको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार पाँच अध्यादेशमध्ये ४ वटा मात्र जारी गरेका थिए, भने एउटा बाँकी अध्यादेश होल्ड गरेका छन् ।
बाँकी रहेको भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति पौडेलले बुधबार जारी गरेका हुन् ।
प्रतिक्रिया