बढ्यो पेट्रोल, डिजेल र मटीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।
आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ रुपैयाँ २४ पैसा र डिजेलमा ३ रुपैयाँ ५५ पैसा बढेर आएको निगमले जनाएको छ ।
मूल्य वृद्धिसँगै प्रति लिटर १६० रुपैयाँ ५० पैसा पहिलो वर्ग पर्ने पेट्रोलको मूल्य १६२ रुपैयाँ ५० पैसा पुगेको छ भने प्रतिलिटर १५० रुपैयाँ ५० पैसा पहिलो वर्ग पर्ने डिजेल र मटीतेलको मूल्य १५३ रुपैयाँ ५० पैसा पुगेको छ ।
भारतबाट मूल्य बढेर आएपछि आज रातिदेखि लागू हुनेगरी नेपालमा प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाइएको निगमले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
ट्रयाक खुलेको ३२ वर्षपछि वालिङ–हुवास सडक कालोपत्र गरिँदै

विकास–निर्माणका कामलाई प्राथमिकता दिन सांसद भण्डारीको आग्रह
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा आचार्य पक्राउ

कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु

उद्योगसम्बन्धी नीतिगत सुधार गर्न सरकार प्रतिवद्ध छ

प्रतिक्रिया