लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले दिगो विकासको राष्ट्रिय लक्ष्यको अठोटलाई पूरा गर्न संसदीय समितिले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको आजको बैठकमा अध्यक्ष दाहालले दिगो विकासको लक्ष्यलाई पूरा गर्ने सन्दर्भमा समितिले तदारुकता र सक्रियताकासाथ काम गरेको घटना स्मरण गराए ।
उनले भने, “दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकार र संसद्का अतिरिक्त सरोकारवाला सवै निकायको तदारुकता र समन्वयको खाँचो छ, सहयोग र समन्वयको अभावमा एउटा योजनामा तीन तहकै सरकार तथा बेग्लाबेग्लै मन्त्रालयको बजेट परेको छ ।”
दिगो विकासका लागि अत्यावश्यकीय शर्त शिक्षा, स्वास्थ्य, खानेपानी, गरिबी निवारण, सूचना तथा सञ्चारलगायत क्षेत्रमा केही प्रगति भएजस्तो देखिए पनि गुणस्तरको प्रश्न गम्भीर रुपमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले तथ्याङ्कमा अब्बल देखाउने होडबाजीले वास्तविकता ओझेलमा परिरहेको धारणा राखे ।

जनयुद्धको स्मरण गर्दै प्रचण्डले भने– यो पनि समाजवादी क्रान्तिको सङ्कल्प हो
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्युु
सार्वजनिक जग्गामा बनाइएको संरचना हटाइयो

औद्योगिक क्षेत्र सुधार गर्दै सरकार
बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद सजाय
पाकिस्तानमा बाढी र खडेरीका कारण ४ करोड मानिस प्रभावित
हिउँदमा पनि मनाङ घुम्न आए ४६ देशका पर्यटक
_vQLHFXVx8S_drsrfojcg7uhfensjhmbditehfwfy8q1fr77mppol1dsd40zqzti5xd0nek7_IGCBhNywKN_0oai0oafluieymb4niwewrr99heocucy0wq8obdgnmxj8h6eaofytfwbnmeq.jpg)
प्रतिक्रिया