एमालेका केन्द्रीय सदस्य किशोर विक्रम मल्ल पक्राउ
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका इन्चार्ज एवं केन्द्रीय सदस्य किशोर विक्रम मल्ल पक्राउ परेका छन् ।
बैंकिङ कसुरको आरोपमा एमालेका केन्द्रीय सदस्य एवं अनेराश्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । पक्राउ परेका मल्ललाई महाराजगंज वृत्तमा राखिएको छ ।
उनी विरुद्ध एक जना पीडितले २० लाख ५० हजार रुपैयाँको बैंकिङ कसुरमा जाहेरी दिएका थिए । जाहेरी पछि अदालत बाट पक्राउ अनुमति लिएर प्रहरीले उनी माथि कारबाही अगाडि बढाएको हो ।
.
मल्लले पीडितलाई दिनु पर्ने २० लाख ५० हजार रुपैयाँको चेक दिएपनि खातामा रकम नभएपछि पीडित प्रहरी कार्यालय पुगेका हुन् । २०७० सालको निर्वाचनमा उनी एमाले अध्यक्ष के.पी. ओलीको समूह बाट अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए ।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा जाँदै
मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते
खेर जाने केराको थम्बा बाट सामग्री उत्पादन

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

प्रतिक्रिया