उच्च अदालत पाटनका न्यायाधीश सवार कार दुर्घटना

काठमाडौं । काठमाडौंबाट विराटनगर जाँदै गरेको उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मी सवार बीएबी ७१४६ नम्बरको कार दुर्घटनामा परेको छ ।
कार मंगलबार साँझ मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाह खण्डको जंगलमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ५४ वर्षीय न्यायाधीश रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् । दुर्घटनामा घाइते भएका दुवै जनाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको कार ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते रेग्मीको अवस्था मध्यम छ भने खनालको अवस्था गम्भीर छ । कारमा चालकसहित ५ जना सवार थिए । अन्यको अवस्था सामान्य छ ।

आगलागी बाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_hJXZRPv3vX_l7vcpply9rtznan67lnvsnurc352zsteo9tomxroihsmia5ss1mkogfz6axo.jpg)
प्रतिक्रिया