सांसद चौधरीविरुद्धको रिट खारेज, जोगियो सांसद पद

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीविरुद्धको रिट निवेदन खारेज गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासले आज सांसद चौधरीको रिट निवेदन खारेज गरेसँगै उनको सांसद पद जोगिएको छ ।
आदेशमा भनिएको छ, “अदालतमा दिनसक्ने वैकल्पिक कानुनी उपचारको मार्ग अवलम्बन नभएको परिप्रेक्ष्यमा अरुणकुमार चौधरीलाई प्रतिनिधिसभा सदस्य पदमा कायम रहने योग्यता नरहेको भन्न मिल्ने नदेखिएको हुँदा रिट निवेदन खारेज हुने ठहर्छ ।”
कैलाली क्षेत्र नं २ का सांसद चौधरीसँग निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानुनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्च अदालतमा आएको भन्दै रिट खारेज गरिएको हो ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि लगाए अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबन्ध
जुम्लामा ११ किलोमिटर सडक निर्माण
सुनको मूल्य चार सय रुपैयाँले घट्यो, अब प्रतितोला कति ?
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन
आजदेखि चितवनमा राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
प्रतिनिधि सभाको बैठक आज दिउसो बस्दै
_1FVqqXhtC6_krcv5btkotxgq0iwchb7pltc11bo9pkzsrt4annjrnyg0zcn1nl7iy76bwai_WnFzfTX11Q_vtkxdlyk079o8jpclrsl69zv6pa55ovv7yij5mobwmmyalvhxzdiadumxmnb.jpg)
विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
_7qWviGRS96_h441sw1oyc2cbagpjrykxs4dlukdzprgqfuud9g7mczcbtjpqbowprfhvexq_xdUJ8KxJtN_cevvh5ypjvelw0n5c1lkojkj4uanheov6pu0hvubtnarhqkayo7fjgew2dd3.jpg)
प्रतिक्रिया