सहकारी ठगी प्रकरण : धरौटी बुझाएर रवि लामिछाने रिहा

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भरौटी बुझाएर रिहा भएका छन् ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधीश अधिकारीको आदेशपछि सभापति लामिछानेले जिल्ला अदालत काठमाडौंमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
स्वर्णलक्ष्मी सहकारीमा भएको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएको छ । सोही मुद्दालाई सघाउन गत आइतबार सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
स्वर्णलक्ष्मी सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरिएको आरोप छ । रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने कास्की प्रहरीकोे हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् ।
अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि लगाए अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबन्ध
जुम्लामा ११ किलोमिटर सडक निर्माण
सुनको मूल्य चार सय रुपैयाँले घट्यो, अब प्रतितोला कति ?
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्रीको फोन
आजदेखि चितवनमा राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै
प्रतिनिधि सभाको बैठक आज दिउसो बस्दै
_1FVqqXhtC6_krcv5btkotxgq0iwchb7pltc11bo9pkzsrt4annjrnyg0zcn1nl7iy76bwai_WFE03daQI8_vk04rlocyqpgpz2ppjnty5tpalsyoqkssjmfrxbouz7lqqlj5gkjz5ciip6w.jpg)
विकास-निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
_7qWviGRS96_h441sw1oyc2cbagpjrykxs4dlukdzprgqfuud9g7mczcbtjpqbowprfhvexq_2QVhtXjZha_uhziy2nnudlfungwx6hwqntvjifntkengu4dktjc8basysgpmalkoyanurlk.jpg)
प्रतिक्रिया