अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा सामुदायिक भवन निर्माण हुने भएको छ । धरम्पानीको सिमलपानीमा निर्माण हुन थालेको सामुदायिक भवनको वैदिक विधिपूर्वक पुजा आजा गरि आज एक कार्यक्रमका विच पुर्व राज्यमन्त्री सुशीला श्रीपालीले शिलान्यास गरिन। शहरी विकास तथा भवन निर्माण आयोजना रुपन्देहीको स्वीकृत बजेट २८ लाख ४ सय ७० रुपैयामा भवन निर्माण शुरु भएको वडा अध्यक्ष मोहनसिंह ठकुरीले बताए । स्थानीय देवीकला विकले स्वर्गीय श्रीमान  थानबहादुर बिकको सम्झनामा निशुल्क जग्गा उपलब्ध गराएका थिए । शिलान्यास कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य, वडा अध्यक्ष मोहासिंह ठकुरी,  वडा सदस्य ईश्वरी प्रसाद मरासिनी, हरिलाल पराजुली, तारा चौहान, वडा सचिव विष्णुप्रसाद आचार्य,  निवर्तमान अध्यक्ष लक्ष्मीनारायण चुदाँली, सदस्य ऋषिकेस भुसाल लगायतको उपस्थिति रहेको थियो । भबन निर्माण दिप कन्ट्रक्सन सन्धिखर्क १ ले  २८ लाख ४ सय ७० रुपैयामा काम गर्ने  सम्झौता गरेको निर्माण व्यवसायी दिपेन्द्र आचार्यले बताए ।

प्रतिक्रिया