रफाहमा आक्रमण जारी राखे युद्धविराम नहुने हमासको चेतावनी

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलले रफाहमा आक्रमण जारी राखे संघर्ष विराम नहुने चेतावनी दिएको छ । बेरुतमा पत्रकार सम्मेलन गर्दै हमासका अधिकारी ओसामा हमदानले कायरोमा हुने वार्ता इजरायलका लागि अन्तिम मौका रहेको बताएका  हुन । संघर्ष बिरामसम्बन्धी वार्ताका लागि हमासको प्रतिनिधि मण्डल दोहाबाट कायरो पुगेको समयमा पछिल्लो चेतावनी सार्वजनिक भएको हो । रफाहमा आक्रमण जारी राखे इजरायली सेनाकै लागि घातक हुने चेतावनी समेत हमासले दिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विगत २४ घण्टामा तीन पटक इजरायललाई नाका खोल्न र इजरायली सैनिकलाई फिर्ता बोलाउन आह्वान छन । हमासले संघर्ष विराम प्रस्तावलाई स्वीकार गरेपनि इजरायलले त्यसवारे कुनै प्रतिक्रिया जनाएको छैन । इजरायली सेनाले भने रफाहलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको दाबी गरेको छ । साथै इजरायली सेनाले गाजाको इजिप्टसँगको सीमा पनि बन्द गरेको छ । 
 

प्रतिक्रिया