बायर्न म्युनिखलाई हराउदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । गए राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोल र समग्रमा ४–३ गोलले पराजित गर्दै रियल उपाधि नजिक पुगेको हो । खेलमा म्युनिखका अल्फोन्सो डेभिसले एक गोल गरे भने रियलका जोसेलुले दुई गोल फर्काए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जोसेलुलेले खेलको अन्तिमतिर दुई गोल गरेका हुन । चौध पटकको युरोपियन च्याम्पियन रियलले अब १ जुनमा हुने फाइनल खेलमा अर्को जर्मन क्लब बोरुसिया डर्टमुण्डको सामना गर्नेछ । डर्टमन्डले पिएसजीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

प्रतिक्रिया