वन जंगलहरुमा डढेलो सल्काउनेलाई ड्रोनको सहयोगबाट समातिने

सिन्धुलीका वन जंगलहरुमा डढेलो सल्काउनेलाई ड्रोन क्यामेराको सहयोगबाट समातिने भएको छ । डिभिजन वन कार्यालय मरिण सिन्धुलीले वन–जंगलमा डढेलो लगाउने व्यक्तिको पहिचान गरि कानुनी कारवाही गर्न वनमा ड्रोन उडाउन सुरु गरिएको हो । ड्रोन क्यामेराको सहायताले वनमा डढेलो सल्काउने व्यक्तिको पहिचान गर्न सुरु गरिएको डिभिजन वन कार्यालय मरिणले जनाएको छ । वन–जंगलमा डढेलो नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि नियन्त्रण नहुदा नया“ विकल्पका रुपमो डढेलो लगाउने व्यक्तिको पहिचान गर्न सामुदायिक वनमा ड्रोन उडाइएको जनाइएको छ । सिन्धुलीको ९ वटा स्थानीय तहमध्ये ४ वटा गाउपालिका मरिण, हरिहरपुरगढी, घ्याङलेख, सुनकोशी गाउ“पालिका र कमलामाई नगरपालिकाको १ नम्बर वडामा डढेलो नियन्त्रण गर्न ड्रोन क्यामेराको प्रयोग गरिएको छ ।डिभिजन वन कार्यालय मरिणले आगो लगाउने व्यक्तिको पहिचानका लागि ड्रोनको प्रयोग भएपछि वन डढेलो नियन्त्रण हुने अपेक्षा गरिएको छ । वन ऐन २०७६ दफा ५० को उपदफा ४ अनुसार वन डढेलो लगाएर कसुर गर्नेलाई क्षति भएको विगो असुल गरि तीनवर्षसम्म कैद वा ६० हजार रुपैैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । माघ महिना यता सिन्धुली जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलभन्दा बढी वनमा डढेलो लागेको छ ।साल सिसौ जस्ता अमुल्य जातका वनस्पति रहेको सिन्धुली जिल्लाका वनजंगलहरु वर्षेनी डढेलो लाग्दा वन पैदावर, वन्यजन्तुहरु र जडीबुटीहरु जलेर सखाप हुदै आएका छन् ।। 
 

प्रतिक्रिया