इलाम–२ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङले गरे शपथ ग्रहण

इलाम–२ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गरेका छन  । सभामुख देवराज घिमिरेले नेम्वाङलाई शपथ खुवाउँदै प्रतिनिधि सभा सदस्यको लोगो लगाएर सांसदको रूपमा जिम्मेवारी दिएका हुन । गत वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम–२ बाट २७ हजार ७ सय ७२ मत पाएर नेम्वाङ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका थिए । 

प्रतिक्रिया