लगानीमैत्री वातावरणका लागि नीजि क्षेत्रलाई विश्वासमा लिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्र र सरकारबीच गुणात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका छन । मंगलवार काठमाडौंमा आयोजित लगानी बोर्डको बैठकमा उनले निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म देश विकासका लागि सरकारले लिएको उद्देश्य पूरा नहुने भएकाले पनि सरकार र निजी क्षेत्रबीचको सहकार्य बलियो हुनुपर्ने बताएका हुन । निजी क्षेत्रलाई आकर्षित गरेर मात्रै देश विकासका लागि वाह्य लगानी भित्रिने सम्भावना रहेकाले पनि सरकारले निजी क्षेत्रलाई विश्वासका लिनका लागि अध्यादेशमार्फत भएपनि आवश्यक ऐनको व्यवस्था गरेको पनि उनले जानकारी दिएका छन । प्रधानमन्त्री दाहालले बैठकमा नेपालमा लगानीको क्षेत्रमा देखिएको बाधा हटाउन निजी क्षेत्रले प्रयास गर्नुपर्ने बताएको लगानी वोर्डले जानकारी दिएको छ  । प्रधानमन्त्री दाहालले निजी क्षेत्रको समस्या भने सरकारले समाधान गरिदिने समेत बताएका छन । निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै देश विकासका सम्भावनाहरु अझै उजागर हुँदै प्रधानमन्त्री दाहालको भनाई छ । बैठकमा केही परियोजनाहरु लगानी सम्मेलनमा थप सकिने धारणा राखेका थिए । सरकारले यही बैशाख १६ र १७ गते काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्दैछ । 
 

प्रतिक्रिया