इन्टर मिलान बन्यो इटालियन सिरी ‘ए’ को च्याम्पियन

काठमाडौं । इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई २–१ ले पराजित गर्दै इन्टरले उपाधि आफ्नो पक्षमा पारेको हो । इन्टरलाई पाँच खेल अगावै च्याम्पियन बनाउन फ्रान्सिस्को एसर्वी र मार्कस थुरामले गोल गरे । मिलानका फिकायो तोमारीले एक गोल फर्काए । मिलानोमा सोमबार राति भएको खेलमा जित निकाल्दै इन्टर २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको हो । अब सिरी ‘ए’ मा पाँच राउन्डको खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानलाई १७ अंकले पछि पारेको छ । मिलान डर्बीको १ सय १६ वर्षको इतिहासमा इन्टरले सिरी ए उपाधि जितेको यो पहिलो पटक हो ।च्याम्पियन बनेसँगै इन्टर मिलानको २०औं उपाधि जित्दा मिलानलाई पछि पारेको छ । मिलानले १९ पटक उपाधि जितेको छ । युभेन्ट्सले कीर्तिमानी ३६ पटक उपाधि जितेको छ ।
 

प्रतिक्रिया