बल्ल अन्य दलले हाम्रो पार्टीको महत्व बुझ्न थाले: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीको महत्व बल्ल अन्य दलले बुझ्न थालेको बताएका छन । आज रौतहटको गौरमा लाल बकैया नदिमा निर्माण भएको झुलुङ्गे पुल उदघाटन गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमपछि आफ्नो  पार्टीको महत्वलाई सबैले महसुस गरेको दाबी गरेका हुन । अध्यक्ष नेपालले सुदुरपश्चिममा मुख्यमन्त्री पाएको र मधेस,गण्डकी, बागमती र लुम्बिनीमा मन्त्री पाएको समाजवादी पार्टीलाई कमजोर नसोच्न आग्रह गरे । 
गौर २ को बानेश्वरमन्दिर भन्दा पश्चिमम पट्टी रहेको लालबकैया नदीमा पुल निर्माण  भएपछि वर्षा याममा स्थानियहरुलाई नदि वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ ।  
झुलुङ्गे पुल निर्माण पछि ईशनाथ नगरपालिकामा पुग्न १ घण्टा भन्दा बढी समय लाग्ने यात्राले छिट्टै ओहोरदोहोर गर्न सक्ने भएका छन ।     ४ करोड २७ लाखको लागतमा निर्माण भएको सो पुलको लम्बाई २ सय ५९ मिटर रहेको छ । ९३ मेट्रिक टन भारवहन क्षमता भएको पुलले एक साथमा ६७१ पैदल यात्रीको भार वहन गर्न सक्नेछ । 
 

प्रतिक्रिया