पर्वतमा बाँदर नियन्त्रण गर्न घर वरपरको रुखहरु कटान

पर्वतको  फलेवास नगरपालिका  वडा नम्बर १ कार्कीनेटामा बाँदर नियन्त्रण गर्न घर वरपरको रुखहरु कटान गर्न थालिएको छ । बाँदरले बस्तीमा आएर लगाएको वाली र घरभित्र रहेको अन्नपात समेत खाईदिने तथा नष्ट गर्ने  गरेपछि नियन्त्रणका लागि रुख कटान गर्न थालिएको हो । बाँदर लगायतका अन्य वन्य जन्तुले दुःख दिएको भन्दै नियन्त्रण गर्न स्थानीबासीले माग गरेपछि वस्ती वरपरका रुख फडानी गर्न थालिएको वडा कार्यालयले जनाएको छ । 
खरायो, बँदेल, मृग, दुम्सी, र बाँदरबाट हैरानी खेपेका स्थानीय वस्ती वरपरका रुखहरु फडानी गरेपछि वन्यजन्तुको समस्या केही कम भएको बताउँछन् । 
पछिल्लो वर्ष पर्वतमा खेती गर्ने जमीनको क्षेत्रफल घटदो क्रममा रहेको  छ । खेती गरीरहेको जमीन साँगुरीन थालेपछि थोरै क्षेत्रफलमा लगाएको खेतीमा बन्य जन्तुको आक्रमण बढी हुन थालेको  हो । युवाहरु विदेश पलायनले गाउँ वस्तीमा जनशक्ति अभाव हुँदै जाँदा खेती गर्ने समुदायको संख्या पनि वर्षेनी घटदो क्रममा रहेको  छ । थोरै क्षेत्रफलमा लगाइएको खेती बन्यजन्तुबाट जोगाउन किसानहरुलाई निकै समस्या भएको छ । 
 

प्रतिक्रिया