भारतको बिहारमा गंगा नदीमाथि बन्दै गरेको पुल भत्कियो

दोषीलाई कडा कारबाही गर्ने राज्य सरकारको चेतावनी

pool broken

भारतको बिहारस्थित भागलपुर जिल्लामा गंगा नदीमाथि बन्दै गरेको पुल भत्किएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पुल भत्किँदा मानवीय क्षति भने भएको छैन । पुल आइतबार साँझ ६ बजेतिर भत्किएको हो । बन्दै गरेको पुल भत्किएको विषयमा बिहार सरकारले छानबिनको आदेश दिएको छ । मुख्यमन्त्री नितिश कुमारले यो घटनामा दोषी ठहरिनेलाई कडा कारबाही गर्ने बताएका छन । भागलपुरको सुल्तानगन्ज र खगडिया जिल्लाको अगुवानी भन्ने ठाउँको बीचमा बनिरहेको यो पुल चार लेनको हो । करिब तीन किलोमिटर लामो यो पुलको फाउन्डेसनका ३० भन्दा बढी स्ल्याब भत्केको अनुमान छ ।यो पुल सन् २०१४ मा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेका थिए। पाँच वर्षमा निर्माण सक्ने सम्झौतासहित यो पुल एक निजी कम्पनीलाई जिम्मा दिइएको थिया । तर सात वर्ष बितिसक्दा पनि पुल बनिसकेको थिएन । पुल बनाउन एक हजार सात सय करोड भारूभन्दा धेरै रकम लाग्ने अनुमान छ । सात सय करोड भन्दा धेरै पुल निर्माणमा खर्च भैसकेको बताइएको छ ।

प्रतिक्रिया