काश्मिरमा सुरक्षाकर्मी र सन्दिग्ध आतंकवादी समूहबीच गोली हानाहान, सैनिकसहित ८ जनाको मृत्यु

भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएका छन । काश्मिर प्रहरी प्रमुख विधि कुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको जानकारी दिएका हुन । बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका हुन ।  मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी रहेको प्रहरीले जनाएको छ । विवादित क्षेत्रमा आक्रमणको यो पछिल्लो घटना हो । भारत र पाकिस्तान दुवैले मुस्लिम बहुल कश्मिरलाई पूर्ण रूपमा आफ्नो क्षेत्र दावी गर्छन् र यसको नियन्त्रणका लागि तीन वटा युद्ध लडेका छन् । विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् ।  द्वन्द्वले दशौँ हजार नागरिक, सैनिक र विद्रोहीहरूको ज्यान लिएको छ । 

प्रतिक्रिया