जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको कार्यकारी आदेश विरुद्ध अदालतमा मुद्दा
एजेन्सी । जन्मसिद्ध नागरिकता प्राप्तिको अधिकार रोक्ने गरी नवनियुक्त राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा जारी कार्यकारी आदेशको विरोधमा अदालतमा मुद्दा दर्ता भएको छ ।
अमेरिकामा डेमोक्र्याटिक पार्टीको नेतृत्वमा भएका २२ राज्य र नागरिक अधिकार समूहहरूले अदालतमा मुद्दा दर्ता गराएका हुन् ।
सोमबार राष्ट्रपति पदको शपथ लिए लगत्तै ट्रम्पले आमा वा बुवा मध्ये कोही पनि अमेरिकी नागरिक नभएको वा अमेरिकाको वैधानिक स्थायी बासिन्दा नभएको व्यक्ति बाट जन्मिएका सन्तानलाई जन्मसिद्ध नागरिकता दिने कार्य बन्द गर्न कार्यकारी आदेश जारी गरेपछि त्यसलाई अदालतमा चुनौती दिइएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डेमोक्र्याट नेतृत्वका २२ राज्यका साथै राजधानी जिल्ला डिस्ट्रिक्ट अफ कोलम्बिया र सन फ्रान्सिस्को शहरले बोस्टन र सिएटलस्थित संघीय अदालतमा ट्रम्पले अमेरिकी संविधानको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेका हुन् ।
यसैगरी अमेरिकन सिभिल लिबर्टी युनियन, आप्रवासन संस्थाहरू र एक जना गर्भवती महिलाले पनि अदालतमा यस्तै प्रकृतिका दुई मुद्दा दर्ता गराएका छन् । मुद्दामा ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ औं संशोधनले गरेको जन्मसिद्ध नागरिकता सम्बन्धी व्यवस्थाको उल्लंघन गर्ने दाबी गरिएको छ ।
म्यासाचुसेट्सकी महान्यायाधिवक्ता एन्ड्रिया क्याम्पबेलले संविधानप्रदत्त अधिकार खोस्ने ट्रम्प सँग कुनै अधिकार नभएको बताएकी छिन् । ट्रम्पको कार्यकारी आदेश कायम रहेको अवस्थामा अमेरिकामा वर्षेनी जन्मिने एक लाख ५० हजार भन्दा बढी शिशु नागरिकताको अधिकार बाट वञ्चित हुने समाचारमा उल्लेख छ ।
पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २ सय विस्थापित
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता
झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा फर्किदै,आम आदमीका केजरीवाल पराजित
सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्दै चीन

प्रतिक्रिया