गाजाको भग्नावशेष हटाउन ५ वर्ष लाग्ने
एजेन्सी । गाजामा रहेको भग्नावशेष हटाउन ५ वर्ष सम्म लग्ने प्यालेष्टिनी अधिकारीले बताएका छन् ।
पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायल सँगको द्वन्द्वका क्रममा गाजामा रहेको भग्नावशेष हटाउन तीन देखि ५ वर्ष लाग्न सक्ने प्यालेस्टिनी सार्वजनिक संरचना निर्माण तथा आवास मन्त्री अहेद बिसिसोले बताएका छन् ।
विस्फोटक पदार्थ पत्ता लगाउनका लागि स्रोत, कोष र विशेष उपकरणहरू सुरक्षित गर्न, र भग्नावशेष उठाउन, सामान छुट्टाउन र ढुवानी गर्न तीन देखि ५ वर्ष लाग्न सक्ने अनुमान गरिएको बिसिसोले प्यालेस्टिनी समाचार संस्था (वाफा) सँग बताएका हुन् ।
उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यू.एन.डी.पी.) लगायत विभिन्न संस्था सँग सडक खुलाउने र भग्नावशेष हटाउने प्रक्रियामा समन्वयका लागि आफ्नो मन्त्रालयले काम गरिरहेको बताए ।
अर्को चरणमा विद्यालय, अस्पताल र मस्जिद सहित १५० वटा सार्वजनिक भवनको भग्नावशेष हटाउने र सडक पुनः सञ्चालन गर्ने विषयमा केन्द्रित हुने बिसिसोले बताए ।
“पेश गरेको दुई करोड ५० लाख क्षतिको स्थानीय बासिन्दाले पेश गरेको प्रतिवेदनमा आधारित विस्तृत अध्ययन पूरा भएको छ,” बिसिसोले भने ।
वेस्ट बैङ्क र गाजा दुवैको स्थितिलाई सम्बोधन गर्न एउटा कार्य दल स्थापना गरिएको छ । बिसिसोले भने, “प्रारम्भिक जानकारी अनुसार इजरायली आक्रमणका कारण लगभग चार लाख आवासीय एकाइहरू पूर्ण वा आंशिक रूपमा नष्ट भएका छन् । दाताहरूको समन्वयमा दुई लाख नयाँ एकाईहरूको निर्माण गरिनुपर्ने आवश्यकता देखिएको छ ।”
आंशिक रुपमा क्षति भएका घरहरूको मर्मत सम्भार गर्न र घरहरू पूर्ण रुपमा ध्वस्त भएकाहरूलाई अस्थायी आवास उपलब्ध गराउन साझेदारहरू सँग मिलेर काम गर्ने मन्त्रालयको योजना छ ।
उनका अनुसार आफन्त सँग बस्ने परिवारले आर्थिक क्षतिपूर्ति पाउनेछन् । संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार २० लाख भन्दा बढी जनसङ्ख्या रहेको गाजामा ५ करोड टन भन्दा बढी भग्नावशेष हटाउन आवश्यक छ र यसका लागि करिब एक अर्ब २० करोड अमेरिकी डलर को लागत लाग्नेछ ।
गाजा स्थित प्यालेष्टिनी सरकारी सञ्चार माध्यम वाफाको कार्यालयले युद्धविराम पछिको आफ्नो पहिलो मूल्याङ्कनमा गाजा पट्टीको ८८ प्रतिशत क्षेत्रमा क्षति पुगेको र प्रारम्भिक क्षति ३८ अर्ब डलर भन्दा बढी भएको अनुमान गरेको छ ।
रासस
पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २ सय विस्थापित
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता
झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा फर्किदै,आम आदमीका केजरीवाल पराजित
सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्दै चीन

प्रतिक्रिया