इजरायलका रक्षा मन्त्री द्वारा हमासका नेता हानियाको हत्या गरेको स्वीकार
एजेन्सी । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले हमासका नेता इस्माइली हानियाको हत्या गरेको स्वीकार गरेका छन् ।
इजरायलका रक्षा मन्त्री काट्जले पहिलो पटक इजरायलले हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानियालाई यस वर्षको जुलाईमा इरानको राजधानी तेहरानमा मारेको स्वीकार गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार काट्जले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई पनि निशाना बनाउने कुरा उल्लेख गरेका छन् । हानिया मारिँदा तेहरानको एउटा भवनमा थिए । त्यसबेला हमास र इरानले इजरायललाई हत्याका लागि जिम्मेवार ठहराए पनि कुनै प्रतिकृया जनाएको थिएन् ।
हानिए र याया सिनवरको मृत्युपछि हमास अहिले नयाँ नेताको खोजीमा छ। सिनवरको गत अक्टोबरमा गाजामा भएको इन्काउन्टरमा मृत्यु भएको थियो। सेप्टेम्बरमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको ज्यान गएको थियो।
पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २ सय विस्थापित
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता
झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा फर्किदै,आम आदमीका केजरीवाल पराजित
सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्दै चीन

प्रतिक्रिया