पुल निर्माणमा खटिएका २ जना भेरी नदीमा खसेर बेपत्ता

काठमाडौं । बुधबार (आज) सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका २ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–२, का २४ वर्षीय अनिल घर्ती र सोही ठाउँका १८ वर्षीय अर्जुन घर्ती मगर रहेका छन् ।

प्रहरीका अनुसार झोलुङ्गे पुलको लठ्ठा तान्ने क्रममा खसेर उनीहरू बेपत्ता भएका हुन् । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य शुरु गरेको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–४ र पञ्चपुरी नगरपालिका–१४ जोड्नका लागि भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम भइरहेको छ । सोही कामको सिलसिलामा उनीहरू नदीमा खसेर बेपत्ता भएका हुन् ।

प्रतिक्रिया