दिल्ली विधानसभा चुनाव अर्काे महिना हुने
एजेन्सी । भारतीय निर्वाचन आयोगले मंगलबार दिल्ली विधानसभा चुनावको मिति घोषणा गरेको छ ।
आयोगका अनुसार दिल्ली विधानसभा चुनावको लागि फेब्रुअरी ५ मा एक चरणमा मतदान हुनेछ। नतिजा त्यसका तीन दिन पछि फेब्रुअरी ८ आउने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दिल्लीको ७० विधानसभा सीटहरू मध्ये १२ आरक्षित छन् र बाँकी ५८ सामान्य सीटहरू छन्।
दिल्लीमा कुल १.५५ करोड मतदाता छन्। जसमध्ये ८३.४९ लाख पुरुष र ७१.७४ लाख महिला मतदाता छन् । दिल्लीमा पहिलो पटक मतदाताको संख्या दुई लाख छ। योसँगै राजधानीमा १३ हजारभन्दा बढी मतदान केन्द्र छन् ।
आमआद्मी पार्टी (आप) ले दिल्लीका सबै ७० सिटका लागि आफ्ना उम्मेदवारहरूको सूची तय गरेको छ। योसँगै भाजपाले २९ उम्मेदवारको पहिलो सूची पनि सार्वजनिक गरेको छ । यस बाहेक कांग्रेसले हालसम्म ४० भन्दा बढी सिटमा उम्मेदवार खडा गरिसकेको छ ।
पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २ सय विस्थापित
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता
झण्डै १८ हजार अफगान शरणार्थी स्वदेश फर्किए
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
दिल्लीमा २७ वर्षपछि भाजपा सत्तामा फर्किदै,आम आदमीका केजरीवाल पराजित
सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्दै चीन

प्रतिक्रिया