जन्ती बोकेको बस सिन्धुपाल्चोकमा दुर्घटना, तीन जनाको मृत्यु

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ । दुर्घटनामा दोलखा भीमेश्वर नगपालिका– १ का १८ वर्षीय शिव श्रेष्ठ, ७० वर्षीय मानबहादुर थामी र १९ दीपेन्द्र थामीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जना मध्यम घाइते भएका छन् भने ४५ जना सामान्य घाइते छन । त्रिपुरासुन्दरी गाउँपालिका– ५ धारावतीमा जन्ती बोकेको बस  आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको हो ।  बसमा ५५ जना सवार थिए । बस अनियन्त्रित भएर दुर्घटना भएको यात्रुहरुले बताएका छन । दोलखावाट जन्ति बोकेर पिस्करतर्फ जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस धारावतीमा दुर्घटना भएको हो । बस सडकभन्दा एक सय मिटर तल खसेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया