अबुधाबी, दुबई लगायतका क्षेत्रमा ७५ वर्षयताकै उच्च वर्षा

भारी वर्षाको कारण संयुक्त अरब इमिरेट्स ‘युएई’को राजधानी अबुधाबी, दुबई र अल ऐन जस्ता शहरहरू डुबानमा परेका छन् । १५ अप्रिल रातिदेखि वर्षा भएको  वर्षाले सडकसञ्जाल, रेल स्टेशन र बिमाजस्थलहरु बन्द भएका हुन । भारी बर्षाका कारण सरकारी तथा नीजि कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । नागरिकहरूलाई घरबाट काम गर्न सरकारले भनेको छ । अप्रिल १६ को साँझसम्म २ सय ५४ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको मौसम विभागले जनाएको छ । यो बर्याा युएईमा ७५ वर्षयताकै उच्च वर्षा हो । आज थप भारी वर्षा हुने त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब रहेको छ । ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ ।
 

प्रतिक्रिया