चैते धान सुक्न थालेपछि तराइ मधेसका किसान चिन्तित

आकाशे वर्षा नहुँदा चैते धान सुक्न थालेपछि तराइ मधेसका किसान चिन्तित बनेका छन् ।चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाजा फाटेको छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको हो । सर्लाहीको लालबन्दीमा यो वर्ष दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपिएकोमा आकाशे वर्षा नहुँदा बाली प्रभावित बनेको कृषि शाखाको भनाइ छ । वर्षा नहुँदा पानीको लियर नै कम भएर स्यालो ट्यूबेलमा समेत पानी आउन छाडेकाले चैते धानलाई सिँचाईको समस्या भएको छ ।सिँचाईको सुविधा भएको ठाउँमा मात्रै चैते धान खेती हुने गरेको तर आकाशे वर्षा नै नभएर पानीको लियर तल जाँदा समस्या परेको किसानले बताएका छन् । चैते धानबाट राम्रो आर्जन भएपछि धेरै किसानले यो वर्षदेखि चैते धान लगाउन थालेकोमा यो वर्ष नै वर्षाले साथ नदिँदा चिन्ता थपिएको छ । 

प्रतिक्रिया