एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । १७ वर्षअघि उच्च अदालत, पाटनले लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा पाँच वर्षको कैद सजाय तोकेयता दावा फरार थिए । पक्राउ परेका लामालाई आजै  अदालतमा पेश गरिएको छ । उनी एन्फा प्रवेश गर्नुअघि छिर्नुअगाडि नै फरार सूचीमा थिए । दावालाई तत्कालीन पुनरावेदन अदालत, पाटनले २०६४ जेठ २० गते लागुऔषध खैरो हेरोइन कारोबारमा पाँच वर्ष कैद र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएपनि कैद भुक्तान नगरी सार्वजनिक पद धारण गरिरहेको प्रहरीले जनाएको छ ।  प्रहरीको टोलीले २०६१ साउन ८ गते लामालाई ५ ग्राम ब्राउन सुगरसहित बालाजुबाट पक्राउ गरेको थियो ।  लामालाई ५ वर्ष कैद सजाय भएकामा करिब ४ वर्ष भुक्तान हुन बाँकी थियो । 
 

प्रतिक्रिया