एसीसी प्रिमियर कपको समूहको अन्तिम खेलमा नेपाल र साउदी अरब भिडदै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र साउदी अरेबियाबीच खेल हुदै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बिहान पौने बा¥ह बजेदेखि शुरु हुने छ । नेपालले यसअघि नै लगातार तीन खेलमा जित हासिल गर्दै समुह ए मा ६ अंकसहित समुह बिजेता बनेर सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । नेपाल आजपनि जित निकाल्दै अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा हुनेछ । त्यस्तै साउदी अरेबियाले भने यस अघि खेलेका ३ खेलमा एक जितसहित २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ र साउदी अरेबियालाई यस खेलको जितले सेमिफाइनलमा लैजाने सम्भावना बढी देखिएको छ । साउदी अरेबियाको रनरेट राम्रो रहेकाले यस खेलको जितले सेमिफाइनलमा पुर्याउन सक्छ । त्यस्तै आजै सोहि समयमा हङकङ र मलेसिया पनि खेल्दै छन् । हाल मलेसिया ३ खेलमा २ अंकसहित चौथो र हङकङ पनि ३ खेलमा २ अंकसहित चौथो स्थानमा रहेका छन् । यस खेलमा जित हासिल गर्ने देशले नेपाल र साउदी अरेबियाबीचको नतिजाको आधारमा मात्र सेमिफाइनलमा पुग्ने नपुग्ने निश्चित हुने छ । समूह ए मा ४ खेल खेलेको कतार ४ अंकसहित दोस्रो स्थानमा छ । साउदी, मलेसिया र हङकङको समान ३ खेलबाट २ अंक छ । नेपालले सेमिफाइनलमा समूह ‘बी’  को उपविजेता टोलीसँग खेल्नेछ । त्यसैले सेमिफाइनलमा नेपालको भेट कुवेत र युएई मध्य ए टोलीसँग हुनेछ । समूह  ‘बी’  बाट ओमानले सेमिफाइनलमा स्थान पक्का गर्दा कुवेत र युएईको सम्भावना बलियो छ । यो समूहमा समान ३ खेल खेलेका कुवेत र युएईको समान ४ अंक छ । ४ खेलबाट २ अंक बनाएको बहराइन र कम्बोडिया भने समूह चरणबाट नै बाहिरिसकेका छन् ।  आज नै हुने समूह  ‘बी’ को खेलमा कम्बोडियाले युएईको सामना गर्दा अर्को मैदानमा ओमान र कुवेत खेल्नेछन् ।

प्रतिक्रिया