भारतमा हुन लागेको निर्वाचनका लागि आज बेलुकवाट प्रचारप्रसार बन्द

काठमाडौं । छिमेकी मुलुक भारतमा शुक्रबारदेखि हुन लागेको लोकसभा अर्थात तल्लो सदनको पहिलो चरणको निर्वाचनका लागि आजवाट प्रचारप्रसार बन्द हुँदैछ ।  शुक्रबार पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेश गरी एक सय २ सिटको लागि निर्वाचन हुँदैछ ।  तमिलनाडुकोे सबै ३९ सिटमा पहिलो चरणमा निर्वाचन हुँदैछ ।  यस्तै उत्तर प्रदेशका ८, उत्तराखण्डका ५ र पश्चिम बंगालका तीन लोकसभा सिटका लागि पनि पहिलो चरणमा मतदान हुने कार्यक्रम छ ।  यस्तै राजस्थानका १२ सिटका लागि पनि सोही दिन मतदान हुनेछ । यस्तै, अरुणान्चलका २, असमका ५, बिहारका ४, छत्तीसगढका १, मध्य प्रदेशका ६ सिटका लागि चुनाव हुँदै छ ।  महाराष्ट्रका ५, मणीपुरका २, मेघालयका २, मिजोरम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, जम्मु काश्मीर, लक्षदीप, अण्डमान, निकोबार र पुण्डुचेरी हरेकमा एक सिटका लागि पनि सोही दिन मतदान हुन लागेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा शुक्रबार निर्वाचन हुन लागेकोमा आगामी जुन १ तारिखमा सातौं चरणको निर्वाचन सकिएपछि निर्वाचनको प्रक्रिया पूरा हुनेछ । लोकसभाका लागि अप्रिल १९ र २६, मे ७, १३, २० र २५ तथा जुन १ मा गरी सात चरणमा हुनेछ । तल्लो सदन लोकसभाका ५४३ सिटका लागि ५ वर्ष अवधिका लागि यो मतदान हुँदैछ । भारतको आगामी निर्वाचनमा करिब १ अर्ब आधिकारिक मतदाता रहेका छन् । त्यहाँ सरकार बनाउनका लागि २७२ सिट चाहिन्छ । अघिल्लो पटक भारतीय जनता पार्टीले ३०३ सिट जितेको थियो । दोस्रो प्रतिस्पर्धीको रुपमा इन्डियन नेशनल कांग्रेसले ५२ सिट जितेको थियो । लोकसभामा राष्ट्रपतिले २ जना मनोनयन गर्ने भारतको संवैधानिक व्यवस्था रहेको छ । चुनावी माहोल हेर्दा भावी प्रधानमन्त्रीमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी नै अगाडि मानिएका छन् । मउनी यसपालि फेरि प्रधानमन्त्री भएमा उनको तेस्रो कार्यकाल हुनेछ ।

प्रतिक्रिया