वसन्त ऋतुमा छ सय बा¥ह जना आरोहीलाई हिमाल चढन अनुमति

काठमाडौं । सन्त ऋतुमा हिमाल आरोहण गर्न ६८ समूहका ६ सय १२ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा १ सय ३४ महिला र ४ सय ७८ जना पुरुष छन् । सगरमाथासहित विभिन्न २३ हिमाल आरोहणका लागि अनुमति लिएका हुन ।  सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २ सय ७४ आरोहीले अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहणका लागि २ सय २१ पुरुष र ५३ जना महिलाले अनुमति लिएका हुन । सगरमाथा आरोहणका लागि यस पटक सबैभन्दा बढी अमेरिकाबाट ५९, चीनबाट ३८, जापानबाट १९, भारतबाट १७, रसियाबाट १६ र बेलायतबाट १५ जनाले अनुमति लिएका छन् । अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । यस पटक चीनतर्फको मोहडाबाट समेत सगरमाथा आरोहण खुला गरिएकाले केही आरोही घट्न सक्ने अनुमान गरिएको छ । सगरमाथा आरोहण शुल्कबापत मात्रै सरकारलाई ३९ करोड १२ लाख ८५ हजार ८ सय ८७ रुपियाँ हिमाली दस्तुर प्राप्त भएको छ । त्यस्तै २३ वटै हिमालमा दिएको अनुमतिबापत ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपियाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया