भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । मृतक मध्ये केही नेपाली पनि रहेका छन् ।

बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागको भन्दै हाम फाल्दा अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको हो । घटनामा अन्य चालिस जना घाइते भएका छन् । घाईतेहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार लखनऊ बाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको हो । गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए । त्यही समयमा  अर्को रेलमा ठोक्किर केही मानिसको ज्यान गएको हो । 

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटना प्रति दुःख व्यक्त गर्दै सम्पूर्ण घटनाको निगरानी भइरहेको र तुरुन्तै सबै आवश्यक सहयोग उपलब्ध गराइएको बताएका छन् ।

भारतले अर्थतन्त्र र कनेक्टिभिटी बढाउन ३० अर्ब डलरको रेल पूर्वाधार आधुनिकीकरण शुुरु गरेको छ । तर, विश्लेषकहरूका अनुसार दुर्घटनाको सङ्ख्या समयको साथ घट्दै जाँदा भारतको पुरानो रेल प्रणालीले अझै धेरै लामो यात्रा गर्न बाँकी छ । सरकारी तथ्यांकअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ । 
 

प्रतिक्रिया