आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने भएको छ ।
नगरपालिकाका नौवटै वडामा पाँच\पाँच किलोमिटरका दरले सडक स्तरोन्नति गर्न थालेको हो । पहिलोचरणमा वडा नं ४ को मालुवेलाबाट काम शुरु भएको छ । नगरपालिकामा उपलब्ध टिपर, लोडर, ट्र्याक्टर, रोलर प्रयोग गरी सडक स्तरोन्नति प्रारम्भ भएको नगर प्रमुख हेमराज ओझाले बताए ।
सडक स्तरोन्नतिका लागि रु ५० लाख बजेट विनियोजन भएको छ । “उपभोक्ता समितिमार्फत एक किलोमिटर सडक स्तरोन्नति गर्न रु १० लाख खर्च हुने देखियो”, नगर प्रमुख ओझाले भने । नगरपालिकाले आफ्नै साधन स्रोत प्रयोग गरी सडक स्तरोन्नति गर्दा नगरवासीले अपनत्व ग्रहण गरेका छन् ।
गत वर्ष नगरपालिकाले २५ किलोमिटर सडक स्तरोन्नतिको गरेको थियो । चालु आवमा सङ्घ र प्रदेश सरकारबाट प्राप्त रु १२ करोडको लागत साझेदारीमा नगरपालिका क्षेत्रमा सडक कालोपत्र भइरहेको छ ।

कृषि ऐन ल्याउने सरकारको तयारी

पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार शुरू

कृत्रिम जलाशय निर्माण गरी सिँचाइ
जलविद्युत आयोजना ठेक्का प्रक्रियामा संग्लन भएको छैन : ऊर्जामन्त्री खड्का

विपिनको रिहाइका लागि सभामुखले अरब संसदलाई लेखेको पत्रमा के छ ?

प्रतिक्रिया