सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।
क्यानको आचारसंहिताविरूद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै लामिछानेलाई कारबाही गर्दै तीन ‘डिमेरिट अंक’ दिने निर्णय गरेको छ । डिमेरिट अंक भनेको कुनै खेलाडीले आचारसंहिताको उल्लंघन गर्दा दिइने अंक हो ।
लामिछानेलाई अब क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाइएको छ । साथै उनले क्यान, एसीसी र आईसीसी, खेलाडी, म्याच अफिसियल र टिमका बारेमा सार्वजनिक रूपमा टिप्पणी गर्न प्रतिबन्ध लगाइएको छ ।
सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि व्यक्त गरेका थिए । जनकपुरमा पौष २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गलत निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । उनले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए ।

आगलागी बाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_hJXZRPv3vX_l7vcpply9rtznan67lnvsnurc352zsteo9tomxroihsmia5ss1mkogfz6axo.jpg)
प्रतिक्रिया