रुसी राष्ट्रपतिलाई युक्रेनको ‘हास्यास्पद युद्ध’ अन्त्य गर्न वा नयाँ प्रतिबन्धको सामना गर्न ट्रम्पको चेतावनी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न असफल भएमा रुसमाथि उच्च कर लगाउने र थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
आफ्नो सोशल मिडिया प्लेटफर्म ट्रुथ सोशलमा लेख्दै, उनले युद्ध समाधान गर्न आफूले दबाब दिएर रसिया र त्यहाँका राष्ट्रपतिलाई “धेरै ठूलो उपकार“ गरिरहेको बताए।
ट्रम्पले यसअघि सन् २०२२ को फेब्रुअरीमा रुसले गरेको आक्रमणलाई एकै दिनमा समाधान गर्न वार्ता गर्ने बताएका थिए।
रुसले अहिलेसम्म ट्रम्पको टिप्पणीको प्रतिक्रिया दिएको छैन । तर यस अघि पुटिनले बारम्बार युद्धको अन्त्यका लागि वार्ता गर्न तयार रहेको बताउँदै आएका थिए ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि युद्ध अन्त्यका लागि रुसले कब्जा गरेको भूभाग युक्रेन्लाई नै हस्तान्तरण गर्नु पर्ने बताउँदै आएका छन् । रुसले सा २०२२ मा एक्कासी युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँ युद्ध जारी छ ।

आगलागी बाट महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन : खानेपानी मन्त्रालय
अर्थतन्त्र सुधारका लागि पहल जारी : मन्त्री पौडेल

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_1PTL2z5t8W_8rbtroiknwzkjip74vueevtwamcatho29dk99k6rhlngojrhshf4crxay118.jpg)
प्रतिक्रिया