यो सरकार जनताको निराशालाई आशामा बदल्नेछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् ।
बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ३० औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, “अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ । निराशालाई आशामा बदल्नेछ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं ।”
अर्थतन्त्र दबाबमा रहेको बताउँदै उनी भन्छन्, “हाम्रो मुलुकको अर्थतन्त्र दबाबमा रहँदै आएको छ । यस दबाबलाई चिर्दै अगाडि बढिरहेका छौं । अझै सुधारका काम अगाडि बढाउँछौं ।”
बैंकमा रहेको पर्याप्तता तरलतालाई उत्पादन तथा रोजगारी सिर्जनामा लगानी गर्नुपर्ने उल्लेख गर्दै पौडेलेले अतिरिक्त काम गरेर अब्बल बैंक बनाउन कर्मचारीहरूलाई निर्देशन दिए ।
मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते
खेर जाने केराको थम्बा बाट सामग्री उत्पादन

आजको मौसम : तराईमा हुस्सु, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

प्रतिक्रिया