टुँडिखेल र खुलामञ्च कार्यकर्तालाई दिने अध्यादेश पास भयो : बालेन शाह
काठमाडौं । आज राष्ट्रपति कार्यालयबाट भूमि सम्बन्धी अध्यादेश जारी भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए ।
उक्त अध्यादेश जारी भएसँगै मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा कटाक्ष गर्दै लेखेका छन्, “अब खोला मात्र हैन, टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई ।”
भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन २०२१, वन ऐन २०७६ र मालपोत ऐन २०७६ संशोधनको प्रस्ताव गरिएको छ । सरकारी र सार्वजनिक जग्गामा बसेका देशभरका भूमिहीन जनतालाई कुनै स्थानको जग्गा लालपुर्जा सहित उपलब्ध गराउने व्यवस्था यो अध्यादेशमा गरिएको राष्ट्रिपति कार्यालयको स्रोतले बतायो ।
प्रतिक्रिया