ADVERTISING

Breaking News

भद्रपुर–सलकपुर सडक डेढ वर्षमा तीन किलोमिटर कालोपत्रे

झापा : झापाको भद्रपुरदेखि इलामको सलकपुरसम्म जोड्ने सडक डेढ वर्षमा तीन किलोमिटर मात्र कालोपत्रे भएको छ । कनकाई मोती जेभी काठमाडौंले २०७८ भदौमा दुई वर्षभित्र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । हालसम्म तीन दशमलव ६ किलोमिटर मात्र कालोपत्रे गरिएको छ ।

पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर दीपेन्द्रकुमार साहका अनुसार प्रदेश–१ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको २६ करोड ६९ लाख लागतमा भद्रपुर–सलकपुर सडक कालोपत्र गर्न थालिएको हो ।

“सडकको हालसम्मको वित्तीय प्रगति छ प्रतिशतमात्र भएको छ”, उनले भने । निन्दा पुलदेखि इँटाभट्टासम्म तथा इँटाभट्टा दोकानडाँडादेखि निन्दा सिरानसम्म सडक कालोपत्रे गर्न लागिएको साहको भनाइ छ ।

सो सडक निर्माणपछि इलामको रोङ गाउँपालिकाका पर्यटकीयस्थल झण्डीडाँडा, कन्याम, सलकपुरलगायत क्षेत्र पुग्न सजिलो हुनेछ । कृषिजन्य वस्तुको बजारीकरण गर्न किसानलाई सहज हुनेछ ।

leave a reply