शेयर बजारमा लगातार गिरावट, नेप्से १९ अंकले घट्यो

साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.५६ अंकले घटेर १ हजार ९ सय ७२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो । आज ३ सय १५ कम्पनीको ५३ लाख ४४ हजार ६ सय १३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७ सय ९२ रुपैयाँ ७८ पैसाको कारोबार भएको छ । आज गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ८२ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख ३७ हजार रुपैयाँ,पोखरा फाइनान्सको ७ करोड ३७ लाख ५५ हजार रुपैयाँ, सिवम् सिमेन्टको ५ करोड ४५ लाख १९ हजार रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ५ करोड ३० लाख ४९ हजार रुपैयाँको कारोबार भएको छ । आज २ सय ११ सय कम्पनीको सेयर मूल्य घट्दा २७ कम्पनीको बढेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज खानीखोला हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । 


 

प्रतिक्रिया