हाँस्य कलाकार महजोडी झापामा सम्मानित

झापामा हाँस्य कलाकार महजोडीलाई सम्मान गरिएको छ ।  जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले बुधबार विर्तामोडमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘पूर्ण–टुंग आदर्श नागरिक सम्मान २०८०’ बाट सम्मान गरेको हो ।  कार्यक्रमका प्रमुख अतिथि भारतीय नाट्यकर्मी सीके श्रेष्ठले महजोडीलाई सम्मानपत्र प्रदान गरेका थिए । सम्मानित आदर्श नागरिकलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ताम्रपत्रद्धारा सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए । 
 

प्रतिक्रिया