एसीसी प्रिमियर: सेमिफाइनलमा नेपाल यूएईसँग पराजित

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल पराजित भएको छ । आज भएको सेमिफाइनल खेलमा नेपाललाई युएईसँग ६ विकेटले पराजित गरेको हो । योसँगै एसिया कप खेल्ने नेपालको सपना पनि समाप्त भएको छ । १२० रनको लक्ष्य युएईले १७ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का  गरेको हो । युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे । कप्तान मोहम्मद वासिम ११, विष्णु सुकुमारन २८, आसिफ खान १० र सैइद हैदर १४ रनमा आउट भए । नेपालका गुलशन झाले २, ललित राजवंशी र सोमपाल कामीले १÷१ विकेट लिए । त्यसअघि ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको थियो । सन्दीप जोराले ४० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट हुन पुगेका थिए । तल्लोक्रममा करण केसीले १२ बलमा २ छक्कासहित १७ तथा गुलशन झा १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भएका थिए । युएईका जुनैद सिद्दिक, बासिल हामिद र अली नासिरले २–२ विकेट लिए । ओमैद शफी रहमान, आयन खान र मोहम्मद फारुकले १–१ विकेट लिए । योसँगै टी–२० विश्वकपपछि हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना पनि समाप्त भएको छ ।
 

प्रतिक्रिया