शिक्षकलाई राजनीतिमुक्त गर्ने शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट

शिक्षकलाई कारवाही गरेर देखाउन शिक्षक महासंघको चुनौती

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरु नै असन्तुष्ट देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षकहरु कुनैपनि राजनीतिक दलको समितिमा रहेको भेटिए कारबाही गर्न भन्दै मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेपछि त्यसमा दलहरुले असन्तुष्टि जनाएका हुन । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकहरु विद्यालय समयमा राजनीतिक गतिविधिमा संलग्न हुन नपाएपनि अतिरिक्त समयमा आफ्नो आस्था र विचार अनुरुप गतिविधिमा संलग्न हुन पाउने बताउछन । 
पूर्व सांसद समेत रहेका नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शिक्षामन्त्रीले सो निर्णय गर्नुअघि सरोकारवाला शिक्षक संघ, संगठनहरुसँग छलफल गर्नुपर्ने बताए । 
नेपाल शिक्षक महासंघ अध्यक्ष कमला तुलाधारले संविधान, र ऐन, कानुन नै परिवर्तन गरेर शिक्षकहरुलाई कारबाही गर्न शिक्षामन्त्रीलाई चुनौती दिइन । 
आफ्नो परिभाषित जिम्मेवारी र कर्तव्य पूरा गर्न शिक्षकहरु दृढ रहेको भन्दै कार्यालय समयबाहेक आफ्नो आस्था अनुसारको काम गर्न पाउनुपर्ने दल र शिक्षक संम्बद्ध संघसंस्थाको भनाइ छ ।
 

प्रतिक्रिया