सगरमाथा आरोहणका लागि नयाँ बाटो सञ्चालनमा

सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालनमा ल्याइएको छ । पहिलो आधार शिविरनजिक रहेको ल्हो ला पिक आसपास सन् २०१४ अगाडि प्रयोग भएको रुटनजिकै भएर नयाँ बाटो तयार पारिएको हो । सगरमाथा आरोहणका लागि बाटो बनाउन गएका आठ अनुभवी हिमालमा बाटो बनाउने व्यक्ति शेर्पाले सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो तयार पारेका हुन । ‘यो पटक विगतका वर्षमा प्रयोग भएको रुटमा हिउँ अस्थिर देखिएकाले पुरानो रुटनजिकै भएर दोस्रो शिविरसम्मको ‘रोप फिक्सिङ’ पूरा भएको पर्यटन विभागले जनाएको छ । सन् २०१३ देखि सन् २०१४ सम्म प्रयोग भएको बाटोमा हिउँको अवस्था अस्थिर देखिएकाले नयाँ बाटो निर्माण गरेको हो । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी बाट चैत १ गते आधार शिविरमा क्षमापूजा गरी हिउँ कुल्चिएर अघि बढेका आठ जना अनुभवी शेर्पाको समूह दोस्रो शिविरसम्मको बाटो तयार पारेर आधार शिविर फर्किएका हुन । दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा यो पटक पर्वतारोहण सञ्चालक संघका तर्फबाट ‘सेभेन समिट ट्रेक्स’ ले पाएको छरु। टोली दोस्रो आधार शिविरदेखि चुचुरोसम्मको बाटो बनाउने तयारीमा लागेको छ ।। 
 

प्रतिक्रिया