सेतो मच्छिन्द्रनाथको रथयात्राको आज चौथो दिन, आमा रुख परिक्रमा गराइने

काठमाडौँमा प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा आज पनि हुँदैछ । जात्राको चौथो दिन आज लगनटोलमा अवस्थित आमा रुख परिक्रमा गराइन्छ । अन्तिम दिन वैशाख ८ गते साँझ लगनबाट मूर्तिलाई पुनः खटमा राखी ज्याबहाल द्यः, यूतुननि, कोहिटि, भिमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल स्थित मन्दिरमा विराजमान गराए पछिजात्रा सम्पन्न हुन्छ ।  दरबार मार्गबाट सुरु हुने यो यात्रा लगनमा गएर टुङ्गिन्छ । हिजो रथलाई हनुमानढोका दरबार परिसर, मरु टोल, चिकँमुगल, जैसीदेवल ज्याबहाल हुँदै लगन चोक पु¥याइएको थियो  । मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज गरिन्छ । वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथलाई दोस्रो दिन बुधबार काठमाडौँको असनबाट तानेर हनुमान ढोका पु¥याइएको थियो । तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई पहिलो दिन मंगलवार जमलबाट तानेर असन पु¥याइएको थियो । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ । सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीले संयुक्त रूपमा आस्था प्रकट गर्ने मत्स्येन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । यो रथ ३२ हात अग्लो उचाइ बनाइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा शुरु भएको मानिन्छ ।
 

प्रतिक्रिया