पर्वतमा औषधिको मूल्यमा उपभोक्ता ठगिदैँ

काठमाडौं । पर्वतमा औषधिको मूल्यमा उपभोक्ता ठगिने गरेको पाइएको छ । उत्पादनको  व्याच परिवर्तनको एक वर्ष मै दुई सय प्रतिशत सम्म औषधिको मुल्य वृद्धि हुँदा मेडिकल सञ्चालक र उपभोक्ता दुबै मारमा परेका हुन । जिल्लाका औषधि पसलहरुमा बिक्री हुने औषधिको मुल्य एक बर्षमै पचासदेखी दुई सय प्रतिशत सम्म मुल्य वृद्धि हुने गरेको देखिएको हो । औषधि उत्पादकले नै बर्षदिनमा अचाक्ली मुल्य बढाएको बिक्रेताको भनाइ छ । 
एउटै औषधि फरक व्याज  र लेवलमा राखेर अस्वभाविक मुल्यबृद्धि गरिएको विक्रेताको गुनासो छ । कुश्मा नगरपालिकाका नगर स्वास्थ्य शाखाले पनि छोटो समयमा अस्वभाविक मूल्यबृद्धिका विषयमा अनुगमन हुन नसकेको स्वीकार गरेको छ । 
अधिकाँश कम्पनीले एउटै मात्राका औषधिको लेवल मात्रै परिवर्तन गरेर बजारमा पठाउने गरेका छन । नियमिता अनुगमनको जिम्मा पाएको स्थानीय सरकारले उपभोग्य मिति , गुणस्तर, समय र उपभोग्य मिति मात्रै हेर्ने गरेकाले पनि औषधिका उपभोक्ता ठगिने गरेका छन । पर्वत सदरमुकाममा एक सय भन्दा बढी औषधि पसल र दुईवटा अस्पताल सञ्चालनमा छन । तर तिनमा बिक्री हुने औषधिको मूल्यमा एकरुपता छैन  ।

प्रतिक्रिया