अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमणको घटना

काठमाडौं । अस्ट्रेलियाको सिड्नी सहरमा फेरि चक्कु आक्रमणको अर्काे घटना भएको छ । सिड्नीमा झगडाका क्रममा छुरा प्रहार हुँदा एक क्रिस्चियन धर्मगुरु र अन्य चार जना भएका छन । क्रस्चियन कार्यक्रम अनलाइन प्रसारण भइरहेको समयमा आक्रमण भएको अष्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन । अस्ट्रेलियाली प्रहरीले चर्चमा भएको चक्कु आक्रमणलाई धर्मका आधारमा प्रेरित ‘आतंकवादी कार्य’ भनेको छ । आक्रमणमा सग्लन एक १६ वर्षीय किशोर पक्राउ परेका छन । घटनामा कम्तीमा चार जना घाइते भएको प्रहरीले जनाएको छ । तर, उनीहरूको ज्यान जोखिममा छैन । घटनामा आक्रमणकारी पनि घाइते भएका छन् । घटनापछि सयौं मानिस चर्च बाहिर जम्मा हुँदा प्रहरीसँग झडप समेत भएको थियो । सो क्रममा दुई प्रहरी घाइते भएका छन् भने २० प्रहरी गाडीमा क्षति पुगेको छ । यसअघि शनिबार मात्र सिड्नीकै एक सपिङ मलमा चक्कु प्रहार हुँदा ६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया