वेस्ट बैङ्क आक्रमणमा २ इजरायली सैनिकको मृत्यु

एजेन्सी । वेस्ट बैङ्कको चेकपोस्टमा मङ्गलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर रहेको बताए । सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ ।

सेनाले थप दुई रिजर्भ सिपाहीहरू गम्भीर घाइते भएको र अन्य छ जनालाई सामान्य चोट लागेको बताए ।

एक प्यालेस्टिनी आक्रमणकारी एम–१६ राइफल लिएर उत्तरी जोर्डन उपत्यकाको प्यालेस्टिनी गाउँ बाहिर एक चेकपोस्टको प्रवेशद्वारमा पुग्यो । उनी इजरायली सिपाहीको पर्खाइमा थिए र बिहान सबेरै गोली चलाउन थाले ।

हमास र प्यालेस्टाइन इस्लामिक जिहादले आक्रमणको प्रशंसा गरे तर जिम्मेवारी लिएनन् । इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा ठूलो मात्रामा कारबाही विस्तार गर्ने घोषणा गरेको दुई दिनपछि उक्त घटना भएको हो ।

प्यालेस्टाइनी तथ्याङ्कका अनुसार गत महिना जेनिनमा आक्रमण शुरु भएदेखि इजरायली सेनाले कम्तिमा २७ जना मारेका छन् ।

प्रतिक्रिया