सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु

जनकपुरधाम । बितेका ६ महिनामा सडक दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको छ ।  

जिल्ला ट्राफिक कार्यालयका अनुसार उक्त अवधिमा भएका ५ सय ६ दुर्घटनामा २६ जनाको मृत्यु भएको हो । अघिल्लो वर्षको सोही अवधिमा ५ सय ९८ दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए । 

उक्त कार्यालयले समीक्षा अवधिकमा ट्राफिक नियम उल्लङ्घन गरेका १२ हजार पाँच सय ९३ सवारी साधनका सञ्चालक बाट ९७ लाख ५८ हजार ५ सय राजस्व सङ्कलन भएको जनाएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा १४ हजार २ सय ३६ सवारी साधन बाट १ करोड ६ लाख ५४ हजार ५ सय राजस्व सङ्कलन भएको थियो । 
रासस 

प्रतिक्रिया