ADVERTISING

Breaking News

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई करिब सात अर्ब रुपैयाँ दिने, आर्थिक विकास र सुधारका लागि विस्तारित कर्जा सुविधा प्रदान

काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले नेपाललाई विस्तारित कर्जा सुविधा ‘ईसीफएफ’ अन्तर्गत करिब सात अर्ब रुपैयाँ दिने भएको छ । अमेरिकाको वासिङटन डीसीमा बसेको आईएमएफको बोर्ड बैठकबाट ईसीएफको दोस्रो किस्ताअन्तर्गत पाँच करोड २८ लाख अमेरिकी डलर अर्थात करिब ६ अर्ब ८९ करोड रुपैयाँ) उपलब्ध गराउने निर्णय गरेको हो । २०७८ सालमा आईएमएफले ईसीएफअन्तर्गत नेपाललाई ३८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । नेपालले सर्तअनुसार काम नगरेको भन्दै आईएमएफले दोस्रो किस्ताबापतको रकम निकासा रोकेको थियो । आईएमएफको ऋण सहयोग नेपालको आर्थिक विकास र सुधारका लागि प्रयोग हुने जनाइएको छ । आईएमएफले नेपालका बैंकहरूको कर्जाको गुणस्तरका बारेमा समेत प्रश्न उठाएको छ । बैंकहरूको कर्जाको गुणस्तरको बारेमा सोच्नुपर्ने स्थिति रहेको आईएमफले जारी विज्ञप्तिमा उल्लेख छ । आईएमएफको सर्तअनुसार नेपालले ठूला १० बैंकका लेखापरीक्षण बाह्य फर्मबाट गराउनुपर्नेछ । कोरोनापछि पुनरूत्थान भइरहेको अर्थतन्त्रमा चुनौती थपिएको आईएमएफको निष्कर्ष छ । आईएमएफले दिएको रकम नेपालको अर्थतन्त्र सुधारका लागि प्रयोग हुने र नेपालका सरकारी अधिकारीले यसमा प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ । नेपालले चालु आर्थिक वर्षमा चार दशमलब चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने आईएमएफको प्रक्षेपण छ ।

leave a reply