एभिन्यूजले देउसी भैलो कार्यक्रम गर्दै,प्रथम हुनेलाई १ लाख ११ हजार पुरस्कार
काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले यस वर्ष पनि तिहारको अवसरमा मौलिक देउसी भैलो समूह प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
एभिन्यूजका अनुसार देउसी भैलोको समूह प्रतिस्पर्धाका लागि यही कार्तिक १२ र १३ गते कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि एभिन्यूज खबरले इच्छुक समूहलाई प्रतियोगितामा सहभागिताका लागि आब्हान गरेको छ ।
आफ्नो मौलिक कला,संस्कृति परम्परा र रीतिथिती जगर्ना गर्ने उद्येश्यले कार्यक्रम आयोजना गरिएको पनि एभिन्यूजले जनाएको छ । कार्यक्रम महाराजगञ्ज स्थित एभिन्यूजको प्राङगणमा हुनेछ । बिगत वर्षहरुमा पनि नेपाली कला,संस्कृति र परम्पराको संरक्षण र जगेर्ना गर्ने उद्येश्यले एभिन्यूजले देउसी भैलो प्रतियोगिताको आयोजना गर्दै आएको थियो ।
सातौं संस्करणको यो प्रतियोगिताका लागि समूह दर्ता र प्रवेश शुल्क निःशुल्क गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई १ लाख ११ हजार १११ रुपैयाँ ११ पैसा भेटी र देउसी भाग प्रदान गरिनेछ । त्यसैगरी द्वितिय हुने समूहलाई ५५ हजार ५५५ रुपैयाँ ५५ पैसा भेटी र देउसी भाग प्रदान गरिनेछ । यस्तै तेस्रो हुने समूहलाई ३३ हजार ३३३ रुपैयाँ ३३ पैसा भेटी र देउसी भाग प्रदान गरिनेछ । समूहको नाम र दर्ताका लागि ९८४१५९४५२९ र ९८२७६२७१८३ मा चौबिसै घण्टा सम्पर्क गर्न सकिनेछ । अथवा [email protected] मा पनि सम्पर्क गर्न सकिनेछ ।
_UQgCq741eb_yzugzpkbc3vrrkbhuyvy6pwehxidksd5ayadmw2o3ajk4dn4p16hobxppfws_BeuIj0rwky_coxyqyefww6yft2s3c68figalfit6ihdomzvkmj8hcgk63jebogaji7evzle.jpg)
अमेरिकी डलर एकको बिक्रीदर १४० नाघ्यो

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

देशको अर्थतन्त्र सुधार बारे एभिन्यूजको एजेण्डा बहस कर्णाली प्रदेशमा शुरु

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनचाँदी चितवनको अध्यक्षमा हेमवहादुर सेन्चुरी र वरिष्ठ उपाध्यक्ष उत्सव खाती
सुकुटी बेचेर मासिक २ लाख आर्जन

प्रतिक्रिया