ADVERTISING

Breaking News

नेप्समो दोहोरोे अंकको गिरावट

काठमाडौ । सेयरबजारमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको छ । आज बजार परिसूचक नेप्से १४ दशमलब ६८ अंकले घटेर २ हजार १ सय ६८ दशमलब ५३ विन्दुमा रोकिएको हो । आज दुई सय ६७ कम्पनीको ८२ लाख ७६ हजार बढी कित्ता सेयर खरिद बिक्री भएका छन । दिनभरिमा ५१ हजार ९ सय ७३ पटकको खरिदबिक्रीसँगै ३ अर्ब १ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । जनरल इन्स्योरेन्सको ९ करोड ९९ लाखको सेयर खरिदबिक्री भएको छ । त्यस्तै हिमालय ऊर्जा विकास, एनआईसी एसिया बैंक, आँखु खोला जलविद्युत्, नेपाल लाइफ इन्स्योरेन्सको पनि धेरै कारोबार भएको छ । आज ४८ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने एक सय ६१ कम्पनीका लगानीकर्ताले गुमाएका छन । आज लुम्बिनी जनरल इन्स्योरेन्स, वाराही हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन । त्यस्तै समृद्धि फाइनान्सका लगानीकर्ताले छ दशमलब शुन्य दशमलब नौ प्रतिशत गुमाएका छन । सिभिल लघुवित्त, सूर्योदय वोमी लघुवित्त, ग्रिनलाइफ हाइड्रो, गणपति लघुवित्तका सेयरधनीले पनि गुमाएका छन । परिसूचक १४ अंकले घट्दा आज होटल र टुरिजम समूहमा छ दशमलब ८८ अंक र जीवन बीमा समूहमा ३७ दशमलब ९६ अंक सुधार आएको छ ।

leave a reply